Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • प्रदेश निजामती विधेयक पारित


    शुक्रबार, भाद्र २२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक पारित गरेको छ । प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा आज पारित गरेको हो ।

    बैठकमा आज शून्य समयमा सांसदहरु बोलेपछि दोस्रो कार्य सूचीमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्ती मगरले विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार