काठमाडौं। स्व. आरती साहले न्याय नपाएको विरोधमा उनका परिवारसहित केही युवाहरूले काठमाडौं माइतीघरमै कपाल मुन्डन गरेका छन्।
साहको न्यायको लागि माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्न लाग्दा पनि सरकार अन्धो र बहिरो भएको भन्दै ११ जनाले कपाल मुन्डन गरेका हुन्।
हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको श्राद गर्ने परम्पराअनुसार शुक्रबार बिहान माइतीघरमै परिवार सहित युवाहरूले आफ्नो कपाल मुण्डन गरेका हुन्।
आरती साहलाई न्यायको माग गर्दै आरतीको परिवार माइतीघर मण्डलामा धर्ना बसेको छ।
धनुषाकी २२ वर्षीया आरती साह जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।
तर, ती २२ वर्षीया दुई महिने गर्भवती साहको दाइजोको निहुमा हत्या भएको भन्दै आरतीको परिवार विगत दुई महिनाभन्दा धेरै समयदेखि धर्नामा बस्दै आएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा रहँदै आएकी साहको दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ।
साहको माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको समेत आरोप लगाएका छन् ।






काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनले भ्रमणका...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend