Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारविरुद्ध सडकमा उत्रने कांग्रेसको तयारी, संसद्को विशेष अधिवेशन पनि माग गर्ने


    बुधबार, असोज १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुनेबारे धारणा बनाउन आज सभापति शेरबहादुर देउवा समूहको बैठक बुढानिलकण्ठमा बसेको थियो ।

    उक्त बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझाएको ज्ञापनपत्रको बारेमा बुँदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रीय समितिमा स्पष्ट पार्ने निर्णय भएको छ ।

    बैठकमा देशभर कोभिड–१९को प्रकोपले जनता पारेको असार र सरकारले गरेको अनियमितताको र भ्रष्टाचारको बारेमा छलफल गर्न र संसदको विशेष अधिवेशन माग गर्नका लागि संसदीय दलको बैठक चाडै बस्ने बारेमा केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय भएको छ ।

    त्यस्तै बैठकले सरकरले गरेका पछिल्लो विभिन्न काण्डहरुको विरोध गर्न सामाजिक दूरी कायम गरि देशभरबाट विरोध गर्ने प्रस्ताव पनि आगामी केन्द्रीय समितिमा पेश गर्ने निर्णय भएको नेपाली कांग्रेसका सहमहामन्त्री  प्रकाशशरण महतले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार