Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जामा १ जनाकाे ज्यान गयाे


    शुक्रबार, भाद्र २२ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • स्याङ्जा। स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ।

    वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे ।

    माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

    पक्राउ पर्नेमा वालिङ-६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका-१० का ३७ वर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिकाका २० वर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका-६ का ६० वर्षका बलदेव राना रहेका छन् ।

    यस घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार