Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बलात्कारीलाई हदैसम्मको कारबाही गरिने गृहमन्त्री प्रतिबद्धता


    बुधबार, असोज १४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारीलाई हदैसम्मको कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्री बादलले महिला हिंसा रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको बताएका हुन् ।

    बुधबार संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले दैनिक ६/७ जनामाथि बलात्कार भैरहेको बताए । उनले बझाङमा घटेको घटना ह्रृदयस्पर्शी भएको पनि बताए ।

    ‘दैनिक ६–७ जनामा बलात्कार हुने गरेका घटनाहरु आइरहेका छन् । सरकारले यसलाई रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको छ’, उनले भने ।

    महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्डको कानुन आवश्यक भएको बताएका थिए ।

    यस्तैगरी बैठकमा प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले पनि पछिल्लो समय बालिकामाथि यौन–दुर्व्यवहारका घटना बढेको बताए । सम्झनाको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको संसदीय समितिलाई उनले जानकारी दिए । 

    बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको महानिरीक्षक थापाले बताए । यद्यपि यस्ता घटनामा प्रहरीले अनुसन्धान गरेको र ८० प्रतिशत अपराधी पक्राउ गरिएको उनको भनाई छ । प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा हुने घटनाका अपराधी भने भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार