Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, मेयर बालेनले ओढाए झण्डा


    बिहिबार, भाद्र २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान निधन भएका काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ ।

    सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

    उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार