Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


    बिहिबार, भाद्र २१ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं— ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

    देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।

    वडाध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिनेछ । तत्पश्चात अपरान्ह २ः३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

    २०२७ कात्तिकमा जन्मिका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार