Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथको दाबी- एमालेमा पहिरो जाँदैछ


    बुधबार, भाद्र २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब एमालेमा पहिरो जान थालेको दाबी गरेका छन् ।

    पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए ।

    उनले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’

    उनले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताएका छन् ।

    पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

    उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार