Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी


    बुधबार, भाद्र २० २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

    विजयी कँडेलले ४७९ मत पाउँदा रिजालले ४७७ मत पाएको निर्वाचन समितिले जनाएको छ।

    त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचन समितिका अनुसार उपसचिव (पुरुष) मा पूर्ण बुढा मगर र उपसचिव (महिला) मा लीला राना मगर निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार