Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा


    सोमबार, भाद्र १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

    कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको उक्त रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ ।

    यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।

    अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार