Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोसी सरकारविरुद्धको रिट आज न्यायाधीशद्वय मल्ल र माथेमाको इजलासमा


    आइतबार, भाद्र १७ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध विपक्षी दल नेकपा (एमाले)ले दर्ता गरेको रिट आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको इजलासमा परेको छ ।

    कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापासहित अन्यविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यही भदौ ७ गते अन्तरिम आदेश भएको थियो ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कासी सरकारका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको समेत मत लिनु संविधान विपरित भएको भन्दै सरकारलाई दिर्घकालीन महत्वका निर्णय नगर्न आन्तरिम आदेश जारी गरिसकेका छन् ।

    यसअघि १५ गते तोकिएको पेसी खतिवडाकै इजलासमा परेपछि उनले आफूले नहेर्ने भन्दै आजका लागि पेसी तोकेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार