काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल निष्कर्षविहीन भएको छ ।
मंगलबार बालुवाटारमा भएको छलफलमा नेकपाका दुई अध्यक्ष कुरा मिल्न सकेन। यो सँगै मन्त्रिमण्डल पुनर्गठनको मिति पछि धकेलिएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा छन् । तर, मुख्य मानिएको मन्त्रिमण्डल पुनर्गठनको विषयमै दुई अध्यक्षको धारण फरक परेपछि अन्य विषय अगाडि बढ्न सकेका छैनन् ।
६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अङ्गमा नियुक्त हुनयोग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, १० दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्ने गरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।
प्रम ओली अहिले केही मन्त्रीलाई यथावत राखेर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । तर प्रचण्ड भने यो प्रस्तावसँग सहमत हुन नसकेको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend