Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भुटानलाई नेपालले ३ विकेटले हरायो


    आइतबार, भाद्र १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। मलेसियामा जारी उक्त खेलमा ३ विकेटले भुटानलाई पराजित गर्दै नेपालली लगातार तेस्रो जित दर्ता गरेको हो ।

    मलेसियामा जारी खेलमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाउन सक्यो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

    नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

    जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो ।
    नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।

    भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार