Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मलेसियालाई दियो नेपालले ८५ रनको लक्ष्य


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ ।

    टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्यो।

    नेपालका लागि प्रारम्भिक ब्याटर सिता रानामगरले अविजित ३८ रन बनाइन्। कप्तान रुबिना क्षेत्रीले १२ र अप्सरा बेगमले १७ रन बनाए।

    सुरुका तीन बलमै तीन विकेट गुमाएको नेपाललाई सिताले अप्सरासँग ५१ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार