काठमाडौं। प्रहरीले काठमाडौंको टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-२ बस्ने रोजन गहतराजको सुन पसलमा जुवातास खेलिरहेको अवस्थामा गहतराज समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend