काठमाडौं । नेकपा भित्र मन्त्रिमण्डल पुनगर्ठनको विषयको जटिल अवस्थाको समाधानका लागि दुई अध्यक्ष आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पनि बालुवाटार छलफलमा जुटेका हुन् ।
आजको छलफलमा पनि मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती काम टुंग्याउने सन्दर्भमै कुराकानी भैरहेको बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली-प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन ।
कसलाई राख्ने र कसलाई हटाउने भन्नै दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बन्दै आइरहेको छ ।
अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गर्दा नयाँलाई अवसर दिनु पर्ने पक्षमा देखिएका छन् भने केपी शर्मा ओली केहिलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन् । ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आपूर्तिमन्त्री लेखराज भट्टलाई निरन्तरता दिनु पर्ने अडानमा छन् ।
दुबै अध्यक्ष आफ्ना नजिककालाई निरन्तरता दिँदै अन्यलाई हटाउन लागि परेकाले यो विषय पेचिलो बनेको नेकपा निकट स्रोतको दावी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend