Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा स्रोत नखुलेको ५ लाख भारूसहित युवक पक्राउ


    बिहिबार, भाद्र १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवा रहेका छन् ।

    प्रहरीले विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार