Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ


    सोमबार, कार्तिक २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

    कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार