Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ


    सोमबार, असार १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप एक जना युवकलाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बाफलबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा बर्दिया घर भई हाल काठमाडौंको बाफल बस्ने २९ वर्षीय ससिनकुमार थापा रहेका छन् । उनले सन्तोष गुरुङसमेत दुई जनालाई प्रतिष्ठित होटलमा जागिर लगाइदिने भन्दै रोमानिया पठाउने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

    पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार