Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा महिला हत्याको आरोपमा युवक पक्राउ


    मंगलबार, जेष्ठ ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषामा एक महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन् । मिथिलाबिहारी नगरपालिका-८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका-१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरेको छ । २८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।

    पक्राउ परेका मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार