Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा युवक पक्राउ


    बिहिबार, जेष्ठ १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका(१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।

    उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार