Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानसँग नेपाल फराकिलो अन्तरले पराजित


    बुधबार, भाद्र १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । आजकाे खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।

    पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो।

    नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

    बलिङमा पाकिस्तानका  शादब खानले ४ विकेट लिए भने शाहिद शाह अफ्रिदी र हरिस राउफले २-२ विकेट लिए।

    त्यसअघि पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार