Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर र पाटन अस्पतालमा मृत्यु भएका तीनै जनाको रिपोर्ट नेगेटिभ 


    मंगलबार, चैत्र १८ २०७६
    880
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १८ चैत । निमोनिया र अरु कुनै कारण मृत्यु भएकालाई पनि कोरोना आशंकित भनी लेखिएका समाचार असत्य सावित भएका छन् । सोमबार काठमाडौंको वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका दुवै जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । आइसियुमा उपचारका क्रममा मृत्यु भएका उनको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनी आइतबार अस्पताल भर्ना भएका थिए । धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए ।

    उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् । उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएको डा. शर्माले बताएका छन् । 
    अस्पताल पनि ढिला ल्याइयो । त्यसैले उहाँको मृत्यु भएको हो । तर हामीले कोरोनाको परीक्षण पनि गरेका थियौं । रिपोर्ट नेगेटिभ आएको छ ।’ अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । मंगलबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएको उनले जानकारी दिए ।

    त्यसैगरी वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा पनि कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विधाननिधि पौडेलले जानकारी दिएका छन् ।

    चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । 
    त्यसैगरी बुढानीलकन्ठ नगरपालिका वडानम्बर ८ का एक ब्यक्तिमा कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएकोमा उनको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनी पनि दुवईबाट आएका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार