Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि सर्वोच्च अदालतमा ‘अटोमेसन’मा पेसी तारिख


    सोमबार, भाद्र ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज (सोमबार)देखि सर्वोच्च अदालतमा पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागेको जानकारी दिए ।

    उनका अनुसार अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएको हो । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।

    “म सिस्टममा विश्वास गर्छु । सिस्टमले नै काम गर्ने भएपछि पक्षपात हुँदैन,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसपछि सेवाग्राहीको गुनासो पनि घट्ने विश्वास लिएका छौँ ।”

    न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको भन्दै उनले सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको बताए । अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौं जिल्ला अदालतमा थालिने उनको भनाइ छ ।

    प्रधानन्यायाधीश श्रेष्ठले पेसी तोक्ने काम भने बजेटलगायतका कारण अटोमेसनमा लैजान कठिनाइ भइरहेको बताए । अरू प्रविधिक व्यवस्थापनका लागि थप गृहकार्य आवश्यक देखिएको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार