काठमाडौं । साताको पहिलो कारोबार दिन आज पनि सेयर बजारमा गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।
गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।
जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख र सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ४ कम्पनीको सेयरमूल्य सिथर छ । आइतबार कारोबार भएकोमध्ये कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले वृद्धि भएको छ । यता सिटिजन्स म्युचुअल फण्डको इकाइमूल्य ५.८८ प्रतिशतले बढेको छ ।
यस्तै मकर जितुवामाई सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले गिरावट हुँदा लिवटी इनर्जी इनर्जी कम्पनीको सेयरमूल्य ६.३० प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.७९ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend