काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको आएको बताएका छन् । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आइसीटी) ल्याबको उद्घाटन गर्दै मन्त्री नेम्वाङले आधुनिक र प्राविधिक शिक्षाले मात्रै मुलुकको समृद्धिको यात्रामा सघाउ पुग्ने जनशक्ति उत्पादन गर्नसक्ने बताए ।
“जहाँसुकै पुगे पनि राम्रो रोजगारी प्राप्त गर्न सक्ने र आधुनिक नेपाल निर्माणमा सघाउ पु¥याउने दक्ष जनशक्ति उत्पादनका लागि आधुनिक र प्राविधिक शिक्षा अत्यावाश्यक छ”, मन्त्री नेम्वाङले भने, “भविष्यमा हाम्रो युवा जनशक्ति कमजोर नहोस् भन्ने उद्देश्यसहित सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ ।”
आवश्यक पूर्वाधार निर्माण गरी सरकारले प्रत्येक वर्ष १०० माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने नीति लिएको मन्त्री नेम्वाङले बताए । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले लगानी गरिरहेको उनको भनाइ छ ।
शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षले जिम्मेवार पहल गर्नुपर्ने बताउँदै मन्त्री नेम्वाङले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा समेत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाईमा जोड्न आवश्यक प्रयत्न गर्न आग्रह गरे ।
मन्त्री नेम्वाङका हजुरबुवाका बुवा प्रसादसिं नेम्वाङले जग्गा दान गरी उहाँकै पहलमा स्थापना भएको फिदिम माध्यमिक विद्यालयमै मन्त्री नेम्वाङले कक्षा १० सम्म अध्ययन गर्नुभएको थियो । उक्त विद्यालयमा रु ३५ लाख लागतमा २४ वटा कम्प्युटरसहित आधुनिक सूचना सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको हो ।
यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक सहयोग पु¥याएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले बताउनुभयो । जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको विद्यालयमा गत शैक्षिक सत्रमा १ हजार ९६१ जना विद्यार्थी अध्ययनरत छन् ।
मन्त्री नेम्वाङले आफ्नै पुर्खाले स्थापना गरेको तथा आफूले अध्ययन गरेको विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताए । “मैले यो विद्यालयको उन्नयनका लागि धेरै लगानी गर्न खोजे पनि पाइरहेको थिइन्”, मन्त्री नेम्वाङले भने, “यस विद्यालयलाई आधुनिक एवम् प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षास्थल बनाई जिल्लाका सबै विद्यालयलाई यसकै बाटोमा अघि बढाउन तीनै तहका सरकार लागिपर्नु पर्ने आवश्यकता छ ।”
विद्यालय संस्थापक प्रसादसिं नेम्वाङका नातिसमेत रहेका फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले उक्त विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि उपयुक्त समय रहेको बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend