Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा वन प्रवेशमा रोक


    मंगलबार, चैत्र १८ २०७६
    830
    Shares
  • १ मिनेट पाठ
  • रसुवा।लकडाउन भएको समयमा वन प्रवेशमा रोक लगाइएको छ।  ‘वन विनास र चोरी तस्करी’ बढेको भन्दै वन प्रवेशमा रोक लगाइएको छ। लकडाउनको मौका छोपेर वन विनास गर्ने, काठ तस्करी गर्ने, बोट बिरुवा मास्ने लगायतका कार्य भएको गुनासो आएपछि राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले सोमबारदेखि वन प्रवेशमा रोक लगाएको हो। स्थानीयलाई घाँस काट्न जान भने रोक लगाएको छैन।

    समितिका सचिव दावाफुर्पा तामाङले वन क्षेत्रभित्र प्रवेश गरेर वन्यजन्तुको चोरी सिकार गर्ने, अवैध रूपमा काठ तस्करी गर्ने, काँचो दाउरा संकलन गर्ने तथा बोट बिरुवा मासेको गुनासो आएको बताए।

    घाँस काट्न बाहेक अन्य प्रयोजनको लागि वन गएको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०४९ बमोजिम कारबाही गरिने समितिले सूचना मार्फत जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार