Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक सातामै २० अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो


    शनिबार, भाद्र ९ २०८०
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेन्ज परिसूचक २० अंकले ओरालो लागेको छ । गत साताको बिहीबारको तुलनामा यो साताको सोही अवधिसम्म २० अंकले घटेर परिसूचक बन्द भएको हो । गत साताको बिहीबार नेप्से परिसूचक २०३३ अंकमा थियो । जुन, यो साता १ प्रतिशतले घटेर २०१३ अंकमा आएर रोकिएको हो ।

    यो साता ५ दिन कारोबार भएको नेप्से परिसूचक ३ दिन घटेको थियो । २ दिन भने परिसूचक बढेको थियो । सातामा आइतबार, सोमबार र बिहीबार परिसूचक घटेको हो । आइतबार २१ अंकले घटेको परिसूचक सोमबार १२ अंकले घटेको थियो ।

    यस्तै, साताको अन्तिम कारोबार दिन ३१ अंकले परिसूचक घटेको थियो । यसबाहेक, मङ्गलवार १७ अंक र बुधवार २९ अंकले बढेको थियो । परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ ।

    नेप्सेमा यो साता ७ अर्ब २५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । जुन गत साताको तुलनामा ३ अर्ब २५ करोडले कम हो । गत साता नेप्सेमा १० अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    परिसूचक र कारोबार रकम घटेको साता नेप्सेको पुँजीकरण समेत घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा आएको छ । गत साता नेप्सेको पुँजीकरण ३० खर्ब ४३ अर्ब रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार