काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णको सरुवा बुधबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छ । तर उनी शुक्रबार बिहानसम्म पनि सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने कार्यमा सरिक भइरहेका छन् ।
बीरगंजमा रहेका सचिव पुस्करसँगकै सहमतिमा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङ, कर्मचारी शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरले साउन २३ र २४ गतेको मिति राखी बुधबार, बिहीबार, शुक्रबार बिहानसम्म सरुवा गरिरहेको स्रोतले बताएको छ । शुक्रबार बिहानसम्म पनि केही नासुहरुको सरुवा तामाङ, राई र थापामगरले गरेको स्रोतले बताएको छ । खिलराज राई र कमानसिंह थापा माओवादी निकट उपसचिव हुन् । उनीहरुले नै सरुवाको सूची बनाउने र महाशाखा प्रमुख तामाङले सदर गर्ने गरेका छन् ।
जनमत पार्टीकी मन्त्रीको सचिवालयसमेतले पूर्णता नपाएको अवस्था छ । संघीय ममिलात तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह सचिव पुस्करको समेत सहमतिमा ब्याकडेटमा भइरहेको सरुवाबारे बेखबर छिन् ।
पुस्करले मोदीको आज्ञा शिरोपर गर्दै आफ्नो साढे ५ महिने कार्यकाल बिताएर बुधबार सरुवा भए । मोदीको कार्यकालमा भएका अधिकांश सरुवा विवादित बनाउने काम पनि पुस्करले नै गरेका थिए । मोदीले मन्त्रीबाट पदमुक्त हुनुअघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका उपसचिवहरु कोही पनि खटाएको पालिकामा अहिलेसम्म हाजिर गर्न गएका छैनन् । मोदीको आदेशमा सरुवा गरेको एक साताभित्र हाजिर हुन नगए कारबाही गर्ने सूचना जारी गरेका थिए पुस्करले । तर मोदीको बहिर्गमनपछि उनले गरेका ती सबै उपसचिवहरुको सरुवा कार्यान्वयन नगरी पत्र नै गायब बनाएर गाईजात्रा प्रदर्शन गरेका छन् ।
लामो समय मन्त्रालय र बिभिन्न निकायमा कार्यरत स्थानीय तहमा सरुवा भएका भूमिब्यवस्था मन्त्रालयदेखि लोकसेवा आयोगदेखि विभिन्न विभागका ३४ जना उपसचिवहरुलाई पुस्करले पत्र नै नदिएका कारण उनीहरुको सम्बन्धित मन्त्रालयले आन्तरिक सरुवा गरिसकेको छ । ती ३४ जना उपसचिवलाई लेनदेनकै आधारमा सरुवा पत्र नदिएको आरोप सचिव पुस्करमाथि छ ।
बर्षौबर्ष सिंहदरबारमा राज गरेका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको भन्दै मोदीले स्टन्टबाजी गरेका थिए । सरुवामा गरेको खुल्ला सेटिङ ढाकछोप गर्ने अस्त्र बनाएका थिए ३४ उपसचिवको सरुवा । तर त्यो पनि उनैले ल्याएका सचिव पुस्करले कार्यान्वयन गरिदिएनन् । सरुवा भइसकेका सचिव पुस्करको योजनामा सरुवामा गोलमाल गर्ने सहसचिव तामाङ पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुँदैछन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend