काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णको सरुवा बुधबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छ । तर उनी शुक्रबार बिहानसम्म पनि सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने कार्यमा सरिक भइरहेका छन् ।
बीरगंजमा रहेका सचिव पुस्करसँगकै सहमतिमा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङ, कर्मचारी शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरले साउन २३ र २४ गतेको मिति राखी बुधबार, बिहीबार, शुक्रबार बिहानसम्म सरुवा गरिरहेको स्रोतले बताएको छ । शुक्रबार बिहानसम्म पनि केही नासुहरुको सरुवा तामाङ, राई र थापामगरले गरेको स्रोतले बताएको छ । खिलराज राई र कमानसिंह थापा माओवादी निकट उपसचिव हुन् । उनीहरुले नै सरुवाको सूची बनाउने र महाशाखा प्रमुख तामाङले सदर गर्ने गरेका छन् ।
जनमत पार्टीकी मन्त्रीको सचिवालयसमेतले पूर्णता नपाएको अवस्था छ । संघीय ममिलात तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह सचिव पुस्करको समेत सहमतिमा ब्याकडेटमा भइरहेको सरुवाबारे बेखबर छिन् ।
पुस्करले मोदीको आज्ञा शिरोपर गर्दै आफ्नो साढे ५ महिने कार्यकाल बिताएर बुधबार सरुवा भए । मोदीको कार्यकालमा भएका अधिकांश सरुवा विवादित बनाउने काम पनि पुस्करले नै गरेका थिए । मोदीले मन्त्रीबाट पदमुक्त हुनुअघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका उपसचिवहरु कोही पनि खटाएको पालिकामा अहिलेसम्म हाजिर गर्न गएका छैनन् । मोदीको आदेशमा सरुवा गरेको एक साताभित्र हाजिर हुन नगए कारबाही गर्ने सूचना जारी गरेका थिए पुस्करले । तर मोदीको बहिर्गमनपछि उनले गरेका ती सबै उपसचिवहरुको सरुवा कार्यान्वयन नगरी पत्र नै गायब बनाएर गाईजात्रा प्रदर्शन गरेका छन् ।
लामो समय मन्त्रालय र बिभिन्न निकायमा कार्यरत स्थानीय तहमा सरुवा भएका भूमिब्यवस्था मन्त्रालयदेखि लोकसेवा आयोगदेखि विभिन्न विभागका ३४ जना उपसचिवहरुलाई पुस्करले पत्र नै नदिएका कारण उनीहरुको सम्बन्धित मन्त्रालयले आन्तरिक सरुवा गरिसकेको छ । ती ३४ जना उपसचिवलाई लेनदेनकै आधारमा सरुवा पत्र नदिएको आरोप सचिव पुस्करमाथि छ ।
बर्षौबर्ष सिंहदरबारमा राज गरेका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको भन्दै मोदीले स्टन्टबाजी गरेका थिए । सरुवामा गरेको खुल्ला सेटिङ ढाकछोप गर्ने अस्त्र बनाएका थिए ३४ उपसचिवको सरुवा । तर त्यो पनि उनैले ल्याएका सचिव पुस्करले कार्यान्वयन गरिदिएनन् । सरुवा भइसकेका सचिव पुस्करको योजनामा सरुवामा गोलमाल गर्ने सहसचिव तामाङ पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुँदैछन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend