Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक जारी, दुई मन्त्रालय फुटाउने निर्णय हुनसक्ने


    आइतबार, असोज ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

    आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी दुई मन्त्रालय फुटाई चार ओटा बनाउने निर्णय हुनसक्ने थाहा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरिसकेको छ । सोहीकारण भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउने तयारी भएको बुझिएको छ । 

    हाल २१ मन्त्रालय छन्। संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ । हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय मन्त्रीविहीन छन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार