Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चामल र प्याजपछि चिनीको निर्यातमा पनि प्रतिबन्ध लगाउँदै भारत


    बिहिबार, भाद्र ७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ। भारतले उखु उत्पादनमा कमी आएसँगै चिनीको निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको हो।

    भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।

    चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकारीहरुको भनाइ छ। यदि भारतले निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने उनीहरुको अनुमान छ।

    यसअघि भारत सरकारले सन् २०१६ मा चिनी निर्यात कम गर्न २० प्रतिशत ट्याक्स लगाएको थियो। रिपोटर्सका अनुसार भारतमा यसपालि चिनी उत्पादन ३.३ प्रतिशतले घटेर ३१.७ मिलियन टनसम्म हुन सक्छ।

    यसअघि भारतले गैरबासमती सेतो चामलको निर्यातमा रोक लगाएको छ। यसैगरी भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ त्यसैले भारत सरकारले ३० सेप्टेम्बरसम्म मात्र ६.१ जना टन चिनी निर्यातको अनुमति दिएको छ। यो अघिल्लो सिजनको तुलनामा ११.१ मिलियन टनको तुलनामा लगभग आधा हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार