हुम्ला । उत्तर छिमेकी देश चीनले बिस्तारवादी नीति लिएकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आराेप लगाएकाे छ। कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको लोलुङजोङको भुभागमा चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको स्थान नेपालकै भएको बताएका छन् ।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेपछि अहिले यसको बिरोध भएको छ । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर नेपाली सीमा मिचिएको सार्वजनिक भएपछि वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किसकेको छ । टोली फर्किएको २ दिन भई सक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति नेता शाहीले आशंका व्यक्त गर्दै पहिलो पटक उक्त मिचिएको जमिनका बारेमा बोलेका हुन् ।
२०६६ सालमा नेपालले नेपाल–चीन सीमाना ग्याक्पु दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै शाहीले सो क्षेत्र भन्दा यता नेपालपट्टी ललुङजोङमा चीनले भवन बनाएको उनले दावी गरे । सुरुमा दुईवटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो । अहिले आएर नेपाली भुभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले यसको व्यापक विरोध हुनुपर्ने बताए । उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ ।’ लाप्चा क्षेत्रको सबै पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend