गोरखा । दुईदिनदेखि सुत्केरी व्यथा लागेकी विकट उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ लि गाउँकी एक गर्भवतीको हेलिकप्टर उद्धार गरिएको छ । बिहीबारदेखि सुत्केरी व्यथा लागेकी ३० बर्षीया हिसे लामाको आज उद्धार गरि काठमाडौँस्थित प्रसूति गृहमा पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि पठाइएको हो । “गाउँपालिकामा आज बिहान मात्रै सुत्केरी व्यथा लागेको भन्ने खबर आयो”, उहाँले भन्नुभयो, “हामीले जिल्ला प्रशासन कार्यालय गोरखासँग समन्वय गरेर गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरेर सुत्केरी गराउन अस्पतालमा पठाएका हौ ।” लामाले पहिलो बच्चा पनि शल्यक्रिया गरि जन्माउनु भएकाले पनि घरमै सुत्केरी गराउन नमिल्ने स्वास्थ्यकर्मीले सुझाव दिदै आएका थिए ।उहाँले घरमै सुत्केरी हुने प्रयास गर्नुभएको थियो । “गर्भवती महिलाको पहिलो बच्चा पनि शल्यक्रिया गरी जन्माउनु भएकाले अहिले चिकित्सकले अस्पतालमा सुत्केरी गराउन सुझाव दिएको भएपनि घरमै बस्नु भएको रहेछ”, उहाँले भन्नुभयो, “‘अहिले लामो समयसम्म व्यथा लागेर सुत्केरीको अवस्था जोखिमपूर्ण भएकाले उद्धार गरिएको हो ।
” राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवा कार्यक्रम अन्तर्गत सुत्केरी उहाँको उद्धार गरिएको हो । अत्यन्तै विकट क्षेत्र भएकाले त्यस क्षेत्रका बिरामीलाई गोरखा अस्पतालमा उपचारका लागि ल्याउन असम्भव जस्तै रहेको छ । “कि हेलिकप्टरबाट ल्याउनु प¥यो”, प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो“ हिडेर आउन ४÷५ दिनसम्म लाग्ने भएकाले गर्भवती महिलाहरुलाई सुत्केरी गराउन परे हेलिकप्टर चार्टर गरेर काठमाडौ अथवा पोखरा पठाउनुको विकल्प हुदैन ।” रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend