मंगलबार सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ल्याव परीक्षणका लागि हिजो नै केही सामान आएको र आज हेलिकप्टर मार्फत मेसिन ल्यायर जडान गरिने जानकारी दिए ।
‘हामीले संघीय सरकारको गृह मन्त्रालयलाई हेलिकप्टरका लागि भनिसकेका छौं, अनुमती आउना साथ आजै मेसिन ल्याएर जडान गर्छौ’, उनले भने ।
परीक्षण ल्याव स्थापना र सोसम्बन्धी विशेषज्ञ टोली पनि हिजो नै आइसकेको उनले बताए ।