Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • करेन्ट लागेर एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलित


    बिहिबार, साउन ३२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार साँझ करेन्ट लागेर भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको हो ।

    पसलमा सामान खरिद गर्न पुगेका वड नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ करिब ७ बजे करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

    विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । उनीहरुले लापरबाही गर्ने कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राखेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार