Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवाको मृत्यु


    मंगलबार, फाल्गुन १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

    उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ।

    उनी ट्याक्टर चालक हुन्। ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार