Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • चितवनमा खाना अड्किएर एक जनाको मृत्यु


    बुधबार, माघ २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका- ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।

    कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार