Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश मार्फत् एसिड सम्बन्धी कानुन लागु हुँदै (पूर्णपाठसहित)


    शुक्रबार, असोज ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्ने तयार गरेको छ। सो अध्यादेश मन्त्रिपरिषद्ले पारित गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रक्रियामा रहेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशमा आफ्नो राय–सुझाव दिन मन्त्रीहरूलाई शुक्रबार मध्याह्न १२ बजेसम्मको समय दिइएको छ ।

    फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याउन र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गरिएको छ ।

    फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भएमा कानको जाली क्षति भई काम नलाग्ने भएन, अनुहार पूर्णरूपमा जलेमा, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए २० वर्ष कैद र १० लाख जरिवाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने गरी निर्धारण गरिएको छ ।

    अध्यादेशको पूर्णपाठ :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार