Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानीलकन्ठ नगरपालिकाका एकजनामा देखियो कोरोनाको लक्षण


    मंगलबार, चैत्र १८ २०७६
    875
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १८ चैत ।  बूढानीलकण्ठ नगरपालिकामा एकजना पुरुषलाई कोरोना भाइरस लागेको आशंका गरिएको छ ।  चैत ६ मा दुवईबाट एयर अरेबियाको विमानबाट आएका बुढानीलकन्ठ नगरपालिका वडा नम्बर ८ निवासी एक पुरुषलाई ज्वोरो, खोकी देखिएकाले उनलाई शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकूमा भर्ना गरिएको थियो  । विदेशबाट फर्किनासाथ ज्वरो आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । सोमबारबाट ज्वरो बढेपछि उनलाई आइसोलेसनमा राखिएको छ ।

    ३४ वर्षका उनलाई कोरोना आशंका भएपछि अस्पतालले आइसोलेसनमा राखिएको छ । उनको रिपोर्ट भने आइसकेको छैन । ती पुरुषलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएपछि मण्डिखाटार सुन्दरबस्ती क्षेत्रका बासिन्दामा सन्त्रास छाएको छ । 

    यसैगरी बुढानीलकण्ठ नगरपालिकामा विदेशबाट  फर्किएका  ६७ जनाको पहिचान गरिएको छ । पछिलो १४ दिनमा विदेशबाट फर्किएकाहरुको संख्या भने ४८ रहेको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा राखी स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेका छन् । पछिल्लो १४ दिनमा पोर्चुगलबाट आएका ३ , अस्ट्रेलियाबाट ३, दुबईबाट १० , बंगलादेशबाट ३, कतारबाट २ र दक्षिण कोरियाबाट १५ जना रहेका छन् ।

    त्यस्तै मलेसियाबाट २, अमेरिकाबाट १, ओमनबाट २, जापानबाट २, भारतबाट २ नर्वेबाट १, फिलिपिन्सबाट १ जना, ग्रिसबाट १ र फ्रान्सबाट एकजना रहेको नगरपालिकाले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार