Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी


    मंगलबार, साउन ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जंगली च्याउ खाँदा पश्चिम नवलपरासीमा एकै परिवारका ४ जना बिरामी भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका १४ आवास बस्तीमा बर्मा लोहारका चार जना छोराछोरी बिरामी परेका हुन् ।

    बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

    बिरामी चारै जनाको सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

    सोमबार साँझ जंगलबाट ल्याएको च्याउ खाएका गरेका उनीहरु मध्यरातमै बिरामी भएका थिए । उनीहरुले कुन प्रकारको च्याउ खाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार