Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु जीप दुर्घटना: ज्यान गुमाउनेको संख्या ५ पुग्यो


    मंगलबार, साउन ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुगु । मुगुको सोरु गाउँपालिकामा–७ मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो । सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ ।

    ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार