काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो ।
पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो । सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बयान लिने काम अनुसन्धान अधिकारीहरूको रहेकाले प्रहरी प्रधान कार्यालयले त्यसमा सरोकार नराखेको बताए।
‘अनुसन्धानअनुसन्धान अधिकारीलाई सम्पूर्ण अधिकार दिइएको छ । उनीहरुले आफू अनुकुल बयान लिने छन् । त्यसमा सरकारी वकिल सहभागी हुन सक्छन् । सरकारी वकिलको कार्यालयमा हुन सक्छ, सिआइबीकै कार्यालयमा पनि हुन सक्छ वा अन्य स्थानमा पनि हुन सक्छ । यसमा अनुसन्धान गर्ने जो व्यक्ति छन्, उनीहरूले समय र स्थान निर्धारण गर्नेछन्,’ प्रहरी प्रवक्ता कडायतले भने, ‘यसमा प्रहरी प्रधान कार्यालयको कुनै सरोकार र सम्बन्ध छैन, सबै अधिकार सिआइबीलाई छ ।’
गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको थियो तर पूर्वप्रधानमन्त्री नेपाल विदेश गएकाले रोकिएको थियो । किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले ललिता निवास जग्गा प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend