जनकपुर । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सुरु भएर आइतबार सम्पन्न भएको अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष(महिला)मा प्रतिज्ञा बैद्य, सचिवमा मन्जित यादव, सहसचिवमा डम्बरनारायण यादव, सहसचिवमा राजनारायण यादव र कोषाध्यक्षमा विमल जोशीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा सरिता परियार, सुजनदास पटेल, कविता बस्नेत, शेष अरिफ, गणेशकुमार यादव छन् । बाँकी ४ जना सदस्य कार्यसमितिले पछि मनोनीत गÞर्ने जनाइएको छ ।
स्थानीय तह कर्मचारी संघ नेपालको मधेश प्रदेश र सर्लाही जिल्ला अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल थिए । विशेष अतिथिका रुपमा स्थानीय तह कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव शम्भु बराल लगायत थिए ।
त्यसैगरी, स्थानीय तह कर्मचारी संघ नेपाल सर्लाही जिल्लाको चौथो अधिवेशन पनि आइतबारै सम्पन्न भएको छ । संघको सर्लाही जिल्ला अधिवेशनले ा रामध्यान राय अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष(महिला)मा शिक्षा न्यौपानेलाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा चन्द्रेश्वर यादव, सहसचिवमा सुरेश सहनी, कोषाध्यक्षमा अबधेस झा चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः रुपेशप्रसाद यादव, अशोक गुप्ता , सीताराम पाण्डे, उपेन्द्र महतो, देवनारायण शाह र रामचन्द्र राय चयन भएका छन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend