काठमाडौं । जेनजी आन्दोलनबाट गठन भएको सरकारका मन्त्रीको राजीनामा तिनै जेनजीले मागेका छन् । जेनजी मुभमेन्ट, नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । घिसिङमात्र होइन, प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार गोविन्दनारायण तिमल्सिनालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारका पदाधिकारीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै मुभमेन्टले सरकारको दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको हो ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा, आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई पार्टीगत गतिविधिमा खुला रूपमा संलग्न हुन दिएको तथ्यले “यो सरकार वास्तवमा कसको हो ?” भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भदौ २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भदौ २४ गते सुशीला कार्की नेतृत्वको समूहले ‘अपहरण’ गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ। शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत संवेदनशील स्थानमा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि हुँदा मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौताका कारण नेपाललाई करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक घाटा पुर्याएको, नियमनकारी निकायको स्वीकृतिबेगर कमिसनको खेलमा संलग्न भई राज्यलाई गम्भीर नोक्सान पुर्याएको आरोप पनि लगाइएको छ। विज्ञप्तिमा यसलाई नीतिगत त्रुटि मात्र नभई ‘राज्यविरुद्धको आर्थिक अपराध’ को संज्ञा दिइएको छ।
जेनजी मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई निष्पक्ष छानबिन र कडा कानुनी कारबाही गर्न माग गरेको छ। दोषी ठहर भए उनलाई कालकोठरीमा राख्नुपर्ने मागसमेत गरिएको छ।
प्रवक्ता शाहले चेतावनी दिँदै भनेका छन्, ‘नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन। कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend