Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बनेपामा एक पुरुषको शव फेला


    सोमबार, साउन २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। बनेपा नगरपालिका ८ स्थित विद्युत प्राधिकरण चोकको तला पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

    पोखरी रेखदेख गर्ने कर्मचारीले आज बिहान सवा ९ बजे तला पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रोशी गाउँपालिका ५, सिसाखानीका ३४ वर्षीय धर्मसिं तामाङको रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए । उनको साथमा भेटिएको नागरिकताको आधारमा पहिचान खुलेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

    शवलाई थप अनुसन्धानका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा पठाइएको बोहोराले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार