Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल भन्छन्- बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ


    सोमबार, साउन २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्तिथ ललित निवास जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको धारणा व्यक्त गरेका छन् ।

    युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए ।

    ‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ,’ उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार