Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रमणका लागि युरोपतर्फ लागे माधव नेपाल


    सोमबार, साउन २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भ्रमणका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोपतर्फ गएका छन् ।

    प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

    उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार