काठमाडौं । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको एक हप्तामै चितवनको माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुङ्गानालाई पक्राउ गरिएको छ ।
कोरोनाको सन्त्रासमा आचार्यले यशुका अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । यसरी भिडियो अन्तर्वार्तामा यशुका अनुयायीलाई कोरोना नलाग्ने भ्रम फैलाएपछि उनी पक्राउ परेका हुन् ।
त्यस्तै, चितवनमा कोरोना भाइरसबारे त्रास फैलाउने ढुंगाना शनिबार पक्राउ परेकी हुन् ।
चितवनको माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुङ्गानालाई कोरोना भाइरसबाट भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख नाम्तिराज गुरुङले जानकारी दिएका छन् ।
ढुंगाना एउटा चर्चकी पास्टर रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि जनाइएको छ ।