Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेलधुरा र कञ्चनपुरमा बाढीको खतरा : अपराह्नसम्म उच्च सतर्कता अपनाउन आग्रह


    सोमबार, साउन २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डडेलधुरा र कञ्चनपुरको महाकाली नदीतटीय क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।

    महाशाखाका अनुसार महाकाली नदी पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हाल खतरा तहभन्दा केही तल छ । सामान्य घट्दो क्रममा छ ।

    “महाकाली अपडेट ः साउन २९ बिहान ९ बजे । महाकाली नदीमा पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हिजो रातिदेखि सतर्कता तहमाथि रहेकोमा हाल खतरा तह (७ मि.)भन्दा केही तल रहेको छ, तर सामान्य घट्दो क्रममा छ,” महाशाखाको सूचनामा उल्लेख छ, “डडेलधुरा र कञ्चनपुरको महाकालीको नदीतटीय क्षेत्रमा हुनेहरूले आज दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार