Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • पिसाब फेर्ने क्रममा चिप्लिएर भेरी नदीमा एक जना बेपत्ता


    आइतबार, साउन २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोटका एक जना भेरी नदीमा बेपत्ता भएका छन् । पिसाब फेर्ने क्रममा चिप्लिएर उनी भेरी नदीमा बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् ।

    चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी गरिहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार